भीम आचार्यको मुख्यमन्त्री पदको छिनोफानो आइतबार मात्र


५ कार्तिक २०७८, शुक्रबार
bhim acharya

मोरङ, ५ कातिक । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले आइतबार मात्र विश्वासको मत लिने भएका छन् । आज (शुक्रबार) को प्रदेश सभाको बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने तय भएको छ प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने निर्णय भएको हो । मत विभाजन आइतबार बस्ने बैठकमा हुने बताइएको छ । विपक्षी दलले भने आजकै बैठकमा मतदानको माग गरेका थिए ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७