एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना


५ कार्तिक २०७८, शुक्रबार
yogesh bhattarai paryetan mantri.00 07 10 16.Still001

काठमाडौं, ५ कात्तिक : नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । तीन दिनदेखि घरमै आराम गरेका भट्टराईलाई ज्वरो नघटेपछि शुक्रबार वीर अस्पतालमा भर्ना भएका हुन्।

ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका भट्टराईले ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना गरेको स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए । बिरामी भएकै कारण भट्टराई बिहीबारको स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन्।

डाक्टरको सल्लाहबमोजिम एक सातासम्म भेटघाट पूर्णरूपमा बन्द गरिएको गुरागाईले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७