अमेरिकासहित १० मुलुकका राजदूतलाई टर्कीले गर्‍यो देश निकाला


७ कार्तिक २०७८, आईतवार
erdogans MRejibskIw

काठमाडौं, ७ कात्तिक । टर्कीले घरेलु मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै अमेरिका, फ्रान्सलगायत १० देशका राजदूतलाई देश निकाला गर्न आदेश दिएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले शनिबार आफ्नो विदेश मन्त्रालयलाई उक्त आदेश दिएका हुन् । अमेरिकासहित ती देशले सामाजिक कार्यकर्ता उस्मान काभलाको की रिहाइको समर्थन गरेको बताइएको छ । यसपछि टर्कीको राष्ट्रपतिले उक्त कारबाही गरेका हुन् । राष्ट्रपति एर्डाैगानले उत्तर पश्चिमी टर्कीको एस्किसेहिर सहरमा भाषणका क्रममा उक्त जानकारी दिएका हुन् । चर्काे स्वरमा उनले भने, ‘यस कारबाहीबाट ती देशले टर्की कस्तो मुलुक हो भन्ने बुझ्छन् ।’

चार वर्षदेखि जेलमा छन् काभला
उस्मान काभला ४ वर्षदेखि जेलमा छन् । उनीविरुद्ध सन् २०१३ मा देशव्यापी विरोधका लागि आर्थिक सहयोग गरेको आरोप छ ।
टर्की सरकारले उनीविरुद्ध सन् २०१६ मा गरिएको असफल विद्रोहमा पनि उस्मानकै हात रहेको आरोप पनि लगाएको छ । तर उनले उक्त आरोप अस्वीकार गरिरहेका छन् । काभलालाई सन् १०१७ मा गिरफ्तार गरिएको थियो ।
यी १० देशका रजादूतलाई कारबाही
यही अक्टोबर १८ मा अमेरिका, फ्रान्स, जर्मनी, क्यानाडा, डेनमार्क, नेदरल्यान्ड, नर्वे, स्विडेन, फिनल्यान्ड र न्युजिल्यान्डका राजदूतले संयुक्त विज्ञप्ति जारी गरी कवलाको रिहाइको माग गरेका थिए । उनीहरूले सामाजिक कार्यकर्ता काभलाका विषयमा चाँडो निर्णय गर्न टर्की सरकारलाई दबाब दिएका थिए ।

यसपछि टर्कीको विदेश मन्त्रालयले यी सबै देशका राजदूतलाई बोलाएर गैरजिम्मेवार अभिव्यक्ति दिएको भनेर आलोचना ग¥यो । यसको चार दिनपछि शनिबार उनीहरूलाई टर्की छाड्न निर्देशन दिइएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७