प्रभु साह फेरि एमालेमै सक्रिय, ओलीसँगै निस्किए झापा–मोरङ यात्रामा


७ कार्तिक २०७८, आईतवार
Prabhu Sah CPN

काठमाडौं, ७ कात्तिक । लामो समयदेखि असन्तुष्ट रहेर निष्क्रिय बसेका प्रभु साह फेरि एमालेमै सक्रिय भएका छन् । माओवादी छाडेर एमालेमा आएपछि स्थायी कमिटीमा नलगिएको तथा आफू निकट नेताहरुलाई उचित जिम्मेवारी नदिइएको भन्दै असन्तुष्ट उनी आइतवार अध्यक्ष केपी शर्मा ओलीसँगै झापा–मोरङ यात्रामा निस्किएका छन् ।

दुई दिनसम्म चलेर शुक्रबार सकिएको एमाले स्थायी कमिटी बैठकले साहनिकट दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय लिएको छ । एमालेको उक्त निर्णयसँगै साह एमालेमा सक्रिय भएका हुन् । उनी आइतवारै एमाले अध्यक्ष ओलीसँग झापातर्फ लागेका छन् ।

एमाले झापाका अनुसार ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभु साह पनि झापातिर लागेका छन् । अध्यक्ष ओलीसहितले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७