‘साउदीका राजालाई मार्न चाहन्थे मोहम्मद बिन सलमान’


९ कार्तिक २०७८, मंगलवार

काठमाडौं, ९ कात्तिक । साउदी अरेबियाका पूर्व शीर्ष गुप्तचर अधिकारी साद अल जाब्रिले राजकुमार मोहम्मद बिन सलमानले राजाको हत्या गर्न चाहेको खुलासा गरेका छन् ।

सीबीएससँगको अन्तर्वातामा जाब्रिले मोहम्मद बिन सलमानले सन् २०१४ मा आफ्ना काकाको छोरालाई आफ्नो बाटोको सबै अवरोध हटाउन आग्रह गरेको बताएका हुन् । त्यतिबेला साउदी अरेबियाको शाही परिवारमा उत्तराधिकारीको विषयलाई लिएर तनावपूर्ण अवस्था थियो ।
अन्तर्वार्तामा जाब्रिले मोहम्मद बिन सलमान त्यतिबेला मानसिकरुपमा विक्षिप्त व्यक्ति रहेको बताएका छन् । जाब्रिका अनुसार सन् २०१४ मोहम्मद बिन सलमानका काकाको छोरा मोहम्मद बिन नायेफ गृहमन्त्री थिए ।

बिन सलमानले गृहमन्त्री रहेका नायेफलाई राजाको हत्याको व्यवस्थापन मिलाउन आग्रह गरेको जाब्रिको आरोप छ । उनी भन्छन्, ‘बिन सलमानले भनेका थिए– म किङ अब्दुल्लाहको हत्या गर्न चाहन्छु। मैले रुसबाट विषको औंठी मगाएको छु । मेरा लागि एक पटक उनीसँग हात मिलाउनु मात्र पर्याप्त हुन्छ ।’

यद्यपि पछि यो मुद्दा शाही अदालतले आन्तरिकरुपमा समाधान गर्‍यो । सन् २०१५ मा ९० वर्षको उमरमा अब्दुल्लाहको मृत्यु भयो । उनको स्थानमा अब्दुल्लाहका भाइ तथा मोहम्मद बिन सलमानका पिता साउदीका राजा बने। उनले मोहम्मद बिन नायेफलाई युवराज बनाए ।
सन् २०१७ मा नायेफलाई हटाएर बिन सलमान नै साउदीको राजकुमार बने । नायेफलाई गृहमन्त्रीबाट हटाइयो । त्यसपछि उनलाई गत वर्ष नखुलाइएको मुद्दामा हिरासतमा लिनुपूर्व नजरबन्दमा राखिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७