बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने


१० कार्तिक २०७८, बुधबार
asta

हेटौंडा, १० कात्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् ।

नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने जानकारी दिए
प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ ।

यसैबीच, केहीबेर अघि बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश पूर्वाधार स्वास्थ्य प्रवर्द्धन कोभिड–१९ पुनर्स्थापनाको कार्यविधि र एक विद्यालय, एक नर्स कार्यक्रमको कार्यविधि पारित गरेको छ । बैठकले प्रदेश बीउबिजन भण्डारण र प्रशोधन केन्द्र हेटौंडामा स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७