देश बनाउँछु भन्नेहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाए : प्रकाशमान सिंह


१३ कार्तिक २०७८, शनिबार
Prakashman Singh 12khari1632557518

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्‍याउन नहुने बताएका छन् ।

नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समिति काठमाडौंमा आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा नेता सिंहले १३ औं महाधिवेशन पछि नेतृत्वले पाएको जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए ।

उनले पटक–पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पूरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै विग्रने बताए । ‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन्’, उनले भने, ‘अवसर पाएर पनि काम नगर्नेहरुलाई दोहोर्‍याउन हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७