देश विकासका लागि तत्काल भ्रष्टाचार रोक्नुपर्छ : सिके राउत


१६ कार्तिक २०७८, मंगलवार
ck raut

सप्तरी, १६ कात्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा हिजो (सोमबार) जनमत पार्टी नगर समिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा जोड दिए ।

उनले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको समेत बताए । कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । पार्टीका कञ्चनरुप नगर समितिका अध्यक्ष अनिल पञ्जियारको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७