मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट


१७ कार्तिक २०७८, बुधबार
Photo scaled

काठमाडौं, १७ कार्तिक । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिनेछ । बैंक र दृष्टि आई केयर विच भएको सम्झौता अनुसार विभिन्न शीर्षकमा छुट दिने बैंकले जनाएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र दृष्टि आई केयर सिस्टमबीच मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परिक्षण र ल्यावमा ५र ५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन् ।

मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७