एमालेले अहिलेसम्म छान्यो सर्वसम्मतिबाट १३७ महाधिवेशन प्रतिनिधि (नामावली)

रुपन्देहीमा प्रतिनिधि छनोट सर्वसम्मत हुन सकेन


२७ कार्तिक २०७८, शनिबार
ama

काठमाडौं, २७ कात्तिक । आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने आफ्नो १० औं राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि नेकपा एमालेले आज (शनिबार) देशभर प्रतिनिधि छनोट गरिरहेको छ ।

यसै क्रममा अहिलेसम्म ९ जिल्ला र एउटा प्रदेश कमिटीबाट गरेर सर्वसम्मतिले १३७ जना महाधिवेशन प्रतिनिधि छानिइसकेको एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।
उनका अनुसार यी हुन् अहिलेसम्म छानिएका महाधिवेशन प्रतिनिधि

रोल्पाबाट
खुला – कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली ।
महिला – जुनमाया बुढा र इश्वरी जीएम।

दलित – रिमा नेपाली ।
जम्मा – ७ जना ।

सल्यानबाट
खुला – गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल ।
महिला – पुष्पाकुमारी बोहोरा र सञ्चिताकुमारी ओली बीसी ।
दलित – जनक विक ।
जम्मा – ८ जना ।

दोलखाबाट
खुला – ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जीवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा ।
महिला – शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ ।
दलित – सुन्दर लामीछाने र टेक घतानी ।
जम्मा – २३ जना ।
मकवानपुरबाट
खुला – कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल विष्ट, फुर्वा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र विष्णुप्रसाद ढकाल ।

महिला – जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले ।
दलित – नारायण गजमेर ।
जम्मा – १७ जना ।
म्याग्दीबाट
खुला – हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले ।
महिला – नरदेवी पुन र थमसरा पुन ।
दलित – पुष्कर विक र खरमाया बिटालु ।
जम्मा – ९ जना ।
बागलुङबाट
खुला – इन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हीराबहादुर केसी, मोहननलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
महिला – सावित्रा राना, गीता शर्मा र यमुना राना ।

दलित – देवकुमार नेपाली र धनबहादुर परियार।
जम्मा – १२ जना ।
अर्घाखाँचीबाट
खुला – चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशीराम आचार्य र खगीश्वर पन्थी ।
महिला – जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र विष्णुमाया आचार्य ।
दलित – भोजबहादुर गन्धर्व, लीलबहादुर विक र शिवकला विक ।
जम्मा – १६ जना ।
गण्डकी प्रदेश कमिटीबाट
खुला – सोभियत ढकाल, माधव बाँस्तोला र लीला राना ।
महिला – पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ ।
जम्मा – ५ जना ।
कपिलवस्तुबाट
खुला – विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल ।

महिला – शान्ति पाण्डे, प्रभा पौडेल र लक्ष्मी बुढाथोकी न्यौपाने ।
दलित – शान्तिदेवी चमार ।
जम्मा – १३ जना

क्षेत्र नं ३ बाँकी ।

कास्कीबाट
खुला – दामोदर वैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी, जगन्नाथ बाँस्तोला, पुष्पज्योति ढुङाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल, वेदबहादुर गुरुङ श्याम, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर ।

महिला – विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मञ्जु गुरुङ, शोभा,बराल पहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी ।
जम्मा – २७ जना ।
दलित बाँकी ।
रुपन्देहीमा प्रतिनिधि छनोट सर्वसम्मत हुन सकेन
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्नका लागि रुपन्देहीमा आकांक्षीहरू निर्धारित संख्याभन्दा तीन गुणा धेरै भएपछि अधिकांश क्षेत्रमा निर्वाचन हुने भएको छ ।

पाँच वटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नं ४ बाहेक अन्य चारवटा क्षेत्रमा आवश्यक संख्याभन्दा तीनगुणा बढी आकांक्षी देखिएपछि केन्द्रीय नेतृत्वले भने जस्तो सर्बसम्मत प्रतिनिधि छनोट हुन सकेन ।

करिब १७ हजार पार्टी सदस्य संख्या रहको रुपन्देहीमा ३३ जना र मजदुर विशेष प्रदेश कमिटीबाट ७ जना गरी ४० जना मात्र प्रतिनिधि छनोट हुन पाउने एमालेको विधानमा व्यवस्था छ । तर आवश्यक संख्याभन्दा तीन गुणा बढीले प्रतिनिधिको लागि मनोनयन दर्ता गरेका एमाले रुपन्देहीका प्रवक्ता मोहन चापागाईले बताए । ‘अहिलेसम्म एकसय बढी उम्मेदवार हुन सक्ने आंकलन गरिएको छ,’ चापागाईले भने, ‘सहमतिका लागि उम्मेदवारी फिर्ता भएन भने लोकतान्त्रिक विधि अनुसार निर्वाचनबाट चयन गर्नु पर्ने हुन्छ ।’

अहिले सम्म रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा खुल्लाबाट ४ जना र महिला २ जनासहित ६ जना प्रतिनिधित्व हुनेमा खुल्लातर्फ २४ जना महिला ७ जना गरि ३१ जनाले मनोनयन दर्ता गरेका छन् । जिल्लाबाट सबैभन्दा बढी प्रतिनिधि छनोट हुने क्षेत्र नं २ मा मात्रै ५२ जनाले मनोनयन दर्ता गरेका प्रवक्ता चापागाईले बताए ।

क्षेत्र नं. दुईबाट खुल्ला तर्फ आठ जना र महिला तीन गरी ११ जना मात्रै महाधिवेशन प्रतिनिधि छनोट हुने छन् । तर खुल्लातर्फ ३५ जना र १७ जना महिलाले मनोनयन दर्ता गराएका छन् । पार्टी महासचिव विष्णु पौडेलको यो निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का हस्तीहरुकै संख्या बढी भएकोले प्रतिनिधि छान्न सकस भएको छ ।

क्षेत्र नं. दुईबाट राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ,जिल्ला अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमाका प्रमुख बासुदेव घिमिरे, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीसँगै प्रचार विभाग प्रमुख मोहन चापागाई, मिनप्रसाद पौडेल, खुसीराम चौधरी, एजाज आलम, कमला बिक, तेजेन्द्र केसी, बावुराम पन्थी, साबित्रा अर्याल, बाबुराम भट्टराई, गोपाल राना, गोमादेवी आचार्य, ज्ञानु केसी, थानकुमारी थापा, जानकी न्यौपाने लगायतले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी खुल्लातर्फ चार र महिला दुई गरी ६ जना प्रतिनिधि चयन हुने क्षेत्र नं तीनमा ३१ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै क्षेत्र नं. पाँचमा १२ जनाले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नं. पाँचबाट खुल्लाबाट चार र महिला एक गरी पाँच जना मात्रै प्रतिनिधि छनोट हुने छन् ।

जिल्लामा पार्टीको प्रभाव कमजोर रहेको क्षेत्र नं चारमा भने खुलाबाट दुई र महिला एक गरी तीन जना मात्रै प्रतिनिधि चयन हुने छन् । यो क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन हुने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७