प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जुलुस


२७ कार्तिक २०७८, शनिबार
1 m5cb1K3hfk

चितवन, २७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा र शीघ्र बहिर्गमनको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । शनिबार बिहान चितवनको पुलचोकमा आधा घण्टासम्म प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा न्यायालयलाई प्रदूषित बनाउन पाइँदैन, सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश : शीघ्र राजीनामा देऊ, प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ, वर्तमानको आवश्यकता : न्यायालयको शुद्धीकरण, न्यायालय दूषित भो : शुद्धीकरण आवश्यक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोविन्द खनाल, संस्थापक सदस्यहरू कृष्ण कँडेल र लीला खनाल, वरिष्ठ उपसभापति सुशील बस्नेत, उपसभापतिहरू कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल र चितवन शाखा सभापति शम्भु राउत लगायत दर्जनौं अधिकारकर्मीहरूको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७