दुई समूहको झडपले जनकपुर तनावग्रस्त, भोलि रातिसम्म निषेधाज्ञा जारी


२७ कार्तिक २०७८, शनिबार
screenshot 20191119 130303 lite

जनकपुरधाम, २७ कात्तिक । धनुषाको जनकपुरधाममा दुई समूहबीच झडप भएपछि भोलि रातिसम्मको लागि निषेधाज्ञा जारी भएको छ ।
छठको अर्ध्य दिनको लागि देवपुराको तेलिया पोखरीमा ठाउँ बनाउने क्रममा अस्ती विवाद भएको थियो । त्यसै विषयमा आज फेरि दुई समूहबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

j

पूर्वमा जलाध नदीको कल्री बाँध, पश्चिममा जनकपुरको जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जानेबाटोसम्म भोलि राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आजको झडपमा दुवै समूहका र प्रहरी गरी केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाइ फायर पनि गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७