भूपेन्द्र बडुवाल हत्या प्रकरण : फरार अभियुक्त विकास खड्का समातिए


२८ कार्तिक २०७८, आईतवार
Bhupendra Case 1 1

कैलाली, २८ कात्तिक । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन् । प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्कालाई आइतबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो ।
गएको मंगलबार राति २३ वर्षीय भूपेन्द्रको टीकापुरमा हत्या भएको थियो । होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीको दाबी छ । रावल फरार छन् ।

विकासले नवीनकै समूहमा रहेर गुण्डागर्दी गर्दै आएको प्रहरीले जनाएको छ । विकासको खोजीका लागि प्रहरी टोली सुर्खेत, बाँके, दैलेखलगायत जिल्लामा पुगेको थियो । यसअघि नै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७