चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या


१ मंसिर २०७८, बुधबार
death

इलाम, १ मंसिर । आफ्नै दाइको हत्या गरेको अभियोगमा इलाममा एक जना पक्राउ परेका छन् । आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका– १ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७