सहपाठीलाई पछि पार्दै विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित


२९ फाल्गुन २०७४, मंगलवार
bidhya devi

काठमाडौं, २९ फागुन : नेकपा एमालेकी विद्यादेवी भण्डारी दोस्रो कार्य पटक राष्ट्रपतिमा निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । bidhya devi

भण्डारीको ३९ हजार २७५ मतभार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मतभार ११ हजार ७३० रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । मंगलबारको मतदानमा १८ जना सांसद अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ । संघीय संसद्का तीन र प्रदेशका पाँच मत बदर भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७