जुम्ला माओवादीको ५२ वडाको नेतृत्व चयन


६ मंसिर २०७८, सोमबार

जुम्ला, ६ मंसिर । नेकपा माओवादी केन्द्रले जुम्लाका ५२ वडाको नेतृत्व चयन गरेको छ । माओवादीले मंसिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडामध्ये ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इन्चार्ज गोमा कुँवरले अधिवेशन हुन बाँकी वडाको पनि एक दुई दिनभित्र अधिवेशन हुने बताए । माओवादी नेता पूर्ण प्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीको ८, सिञ्जाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भईसकेको छन् । यता गुठिचौर गाउँपालिकाका ईन्चार्ज भवानी प्रसाद अधिकारीका अनसार गुठिचौरका ५ वडा मध्य ४ र ५ गते दुई वटा वडाको सम्मेलन सहित नेतृत्व चयन भईसकेका र बाँकी ३ वडाको भइरहेका छन् ।

चन्दननाथ नगरपालिका अध्यक्ष ललितजंग महतका अनुसार चन्दननाथ नगरपालिकाका–५ वाहेक ९ वटा वडाको सम्पन्न भईसकेको र ५ वडाको हुने तयारी भएको छ । यता पातारासी गाउँपालिकाका ४ वटा वडा सम्मेलनबाट नेतृत्व भइसकेको बाँकी तयारी भइरहेका नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्था अनुसार वडा स्तरको नेतृत्व चयन भएको हो ।

यसैगरी हरेक टोल कमिटी १९ सदस्यीय, सेल कमिटी १५ जनाको गठन गरिएको छ । पूर्वराज्यमन्त्री कुँवरका अनुसार स्थानीय तहमा पालिका कमिटी ५५ जनाको हुने र नेकपा माओवादीको केन्द्रीय सर्कुलर अनुसार ११ गते पालिका स्तरीय सम्मेलन हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७