कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते


२३ बैशाख २०८१, आईतवार
acc

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज (आइतबार) दिउँसो पौने ३ बजेको समयमा कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल नजिकै दुर्घटनामा परेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बसमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते रहेको जानकारी दिए । मृतकको नाम ठेगाना भने खुलिनसकेको उनले बताएका छन् । बसमा कति जना सवार थिए भन्ने यकिन तथ्याङ्क समेत आइनसकेको उनको भनाइ छ । दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको एसएसपी दिनेशराज मैनालीले जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७