एमाले वरिष्ठ उपाध्यक्षमा उठ्ने बताएका घनश्याम भुसालले थाले उपाध्यक्षमा प्रचार


११ मंसिर २०७८, शनिबार
Ghanashyam Bhusal

चितवन, ११ मंसिर । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीको उपाध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै भोट माग्न थालेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै भुसालले भोट माग्न थालेका हुन् । उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावलसँगै उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर उनले बन्द सत्र सुरु हुनअघि आफूलाई उपाध्यक्षमा रुपमा प्रस्तुत गर्दै प्रचार थालेका हुन् । एमालेको शुक्रबार सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले दुई उपाध्यक्ष र दुई उपमहासचिव पद थपेको थियो । यस्तोमा नवौँ महाधिवेशनबाट उपमहासचिवमा विजयी भुसालले उपाध्यक्षमा सजिलै सेट हुने रणनीतिसहित प्रचार थालेका हुन् ।

ghyanshyam UNldLPPSBo

भुसाल र रावल माधव नेपाललाई विभाजनमा साथ नदिइ एमालेमै बसेका थिए । रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्ने नै बताएका छन् । वरिष्ठ उपाध्यक्षमा भने एमाले अध्यक्ष ओली पक्षीय ईश्वर पोखरेल र सुवास नेम्वाङबीच टकराव चलिरहेको छ । ओलीले नेम्वाङलाई केही राजनीतिक लाभका पद देखाएर ब्याक गराउन खोजे पनि सफल भएका छैनन् । एमालेको १० औं महाधिवेशन चितवनको सौराहमा जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७