२१३ मा कोरोना संक्रमण, ३१५ जना निको, तीनको मृत्यु


११ मंसिर २०७८, शनिबार
korona

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ३१५ जना भने संक्रमणमुक्त भएका छन् । योसँगै संक्रिय संक्रमितको संख्या ७,१५६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जानाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११ हजार ५२१ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७