प्रभावकारी भएन सामाजिक सुरक्षा कोष


१३ मंसिर २०७८, सोमबार
samajik

काठमाडौं, १३ मंसिर । ‘नयाँ युगको सुरुआत’ को नारा दिँदै तीन वर्षअघि निकै तामझामसहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो । सरकारी कर्मचारी जस्तै निजी क्षेत्रका श्रमिकलाई पनि पेन्सनलगायतका सुविधा हुने भन्दै यो कार्यक्रम घोषणा गरिएको थियो ।

तर, रोजगारदाताको आनाकानी र सरकारको उदासीनताले कार्यक्रम अझै प्रभावकारी हुन सकेको छैन । अर्थात्, जुन तामझामसाथ यो कार्यक्रम घोषणा सरकारले गरेको थियो, त्यसअनुसार कार्यान्वयनमा लैजान भने क्रियाशीलता देखाएन ।

सामाजिक सुरक्षा कार्यक्रमको मुख्य उद्देश्य नै ‘रोजगार गुमे बेरोजगारी भत्ता र अवकाशपछि पेन्सन’ सुविधा हो । ६० वर्ष उमेरमा १५ वर्ष योगदान गरे निजी क्षेत्रका श्रमिकले पनि पेन्सन पाउने यसको मूल उद्देश्य हो । तर, रोजगारदाता भने आर्थिक भार पर्ने भन्दै यसबाट उम्किन खोजिरहेका छन् ।

यो कार्यक्रममा जाँदा रोजगारदातालाई १ दशमलव ६७ प्रतिशत आर्थिक भार पर्छ । तर, यो कार्यक्रममा गयो भने औषधि,उपचार, दुर्घटना बिमाको सुविधा रोजगारदाताले लिनु पर्दैन । कोषले नै त्यसको जिम्मा लिन्छ । कोषमा रोजगारदाताले २० र श्रमिकले ११ प्रतिशत योगदान गर्नुपर्छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७