शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरुको जोखिम बीमा


१७ मंसिर २०७८, शुक्रबार
2 bKi44AbrYa

काठमाडौं, १७ मंसिर । शिवम् सिमेन्टले पोखरासहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा ५ सय बढी निर्माणकर्मीहरुसँग अन्तरक्रियाका साथै उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि रु। ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

स्याङ्जा, लनहु, लमजुङ, गोरखा, बाग्लुङ लगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय बढि निर्माणकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको कम्पनीको भनाइ छ । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ ।

उक्त कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।

पहिलो चरण अन्र्तगत शिवम् सिमेन्टले भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसंग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७