राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले दिए बधाई


१९ मंसिर २०७८, आईतवार
kamal thapa ra rajendra lin1638520115

काठमाडौं, १९ मंसिर । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । केही बेरअघि सकिएको मतगणनाअनुसार राप्राको अध्यक्ष पदमा लिङ्देन विजयी भएका हुन् ।

पराजित कमल थापाले हार स्वीकार गर्दै नव निर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

मतको अन्तिम परिणाम भने सार्वजनिक हुन बाँकी छ । शनिबार अबेर रातिसम्म भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो । आइतबार बिहान ३ बजेबाट मत गणना शुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७