कांग्रेस महाधिवेशनमा एसपी दिनेश मैनालीको कमाण्डमा दुई हजार सुरक्षाकर्मी


२१ मंसिर २०७८, मंगलवार
congress 1

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको कमाण्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ ।

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको काँग्रेस महाधिवेशन सुरक्षाको जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौंलाई दिइएको छ । त्यसका लागि काठमाडौँ परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो संख्यामा सुरक्षाकर्मी थप गरिएको छ ।

सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ । यसैगरी स्वयंसेवक व्यवस्थापनको जिम्मा नेपाल भूतपूर्व सैनिक संघलाई दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७