सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ


२१ मंसिर २०७८, मंगलवार
262329351 3122250168059843 8698564108619072024 n QggdCamA1C

काठमाडौं, २१ मंसिर । सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले शपथ लिएका छन् । बैंकको ३६२औँ बैठकबाट अध्यक्षमा नियुक्त भएका पाण्डेले आज गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् ।

बैंकको अध्यक्षमा शपथ लिएपछि अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने बताएका छन् । उनले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै संस्थालाई अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यसका साथै, बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा थप सशक्त रूपमा अगाडि बढाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७