देउवा-सिटौला एकै ठाउँमा


२५ मंसिर २०७८, शनिबार
deuba sitaula zo1ff0cF1y

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ ।

महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भएको छलफलपछि दुवै समूह महाधिवेशनमा मिलेर अघि बढ्न सहमत भएका हुन् । तर, सहमतिको अन्तिम मोडालिटी भने तय हुन बाँकी छ ।

सिटौला निकट नेता भीमसेनदास प्रधानका अनुसार युवा नेता प्रदीप पौडेललाई सिटौलाले देउवा समूहबाट महामन्त्रीमा उठाउने सहमति बनेको हो । यसैगरी, थारू क्लस्टरबाट सहमहामन्त्रीमा नेता उमाकान्त चौधरीलाई अघि सार्ने दुई नेताबीच सहमति बनेको छ । यो सहमतिका विषयमा शुक्रबार राति दरबारमार्गस्थित होटल रोयलसिंगेमा सिटौला समूहको आन्तरिक छलफल भएको थियो ।

‘प्रदीपजी महामन्त्री र उमाकान्तजी सहमहामन्त्रीमा उठ्ने तय भयो, अरू विषयमा छलफल हुन बाँकी छ, सहमतिको अन्तिम मोडालिटी छिट्टै तय हुन्छ,’ नेता प्रधानले भने । सिटौला भने महाधिवेशनमा उठ्ने विषयमा कुनै निणर्यमा पुगिसकेका छैनन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७