ओली सरकारको निर्देशन धितोपत्र बोर्डले मानेन

सरकारको निर्देशन विपरीत अमेरिका सयरमा


१ चैत्र २०७४, बिहीबार
RewatBhdrKarkii copy

काठमाडौं, १ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०७४ फागुन १० मा सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको १३ दिनपछि अर्थमन्त्रालय अन्तर्गतको धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीसहितका ३ जना १५ दिने अमेरिका सयरमा निस्किएका छन् ।

RewatBhdrKarkii copy
रेवतबहादुर कार्की, तोयनाथ अधिकारी र निरज गिरी ।

बोर्डका अध्यक्ष कार्की, कानुन मन्त्रालयबाट बोर्ड सदस्य सहसचिव तोयनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक निरज गिरी अमेरिका सयरमा गएका हुन् । उनीहरु २०७४ फागुन २३ गते अमेरिका भ्रमणमा निस्किएका हुन् । उनीहरुको अमेरिका भ्रमणको स्वीकृति शेरबहादुर देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए । उनीहरु चैत ६ गतेमात्र नेपाल फर्कने कार्यक्रम रहेको धितोपत्र बोर्डका कर्मचारीले जानकारी दिएका छन् ।

सरकारले फागुन १० गते अर्को निर्णय नभएसम्म हाल मनोनयन भएका र स्वीकृत भएका सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायको नाममा निर्देशन जारी गरेको थियो । सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई यो निर्देशन फागुन १० मै पठाइसकिएको थियो । तर सरकारको निर्देशन उल्लंघन गर्दै धितोपत्र बोर्डकोे टोली अमेरिका भ्रमणमा छ ।

धितोपत्र बोर्डका उपनिर्देशक निरन्जय घिमिरेसँग सरकारको निर्देशन विपरीत विदेश भ्रमणमा गएकोबारेमा प्रतिक्रिया लिन खोज्दा उनले मोवाइल त रिसिभ नै गरेनन् । बोर्डको ल्याण्डलाइन टेलिफोनमा सम्पर्क गर्दा जतिबेला पनि मिटिङमा हुनुहुन्छ भन्दै प्रतिक्रिया दिन चाहेनन् ।
धितोपत्र बोर्ड अर्थमन्त्रालयअन्तर्गत पर्ने भएकाले सरकारले दिएको निर्देशनलाई अटेर गर्दै बोर्डका अध्यक्षसहितको टोली अमेरिका भ्रमणमा गएकोबारेमा अर्थका प्रवक्ता अर्जुन पोखरेलसँग प्रतिक्रिया माग्दा उनले भने–‘सरकारको निर्देशन त अटेर नगर्नुपर्ने हो । हामीलाई अध्ययन अवलोकन कार्यक्रमा नजानू ।

भ्रमण स्वीकृत भएको भए पनि अहिले स्थगित गर्नू भन्ने निर्देशन थियो । सरकारको यो निर्देशन हाम्रा सबै मातहतका कार्यालयमा परिपत्र ग¥यौं । उहाँहरु जानुभएको कार्यक्रम कुन हो, अध्ययन अवलोकन भन्दा भिन्न हो अथवा संस्थागत प्रतिनिधित्वको कार्यक्रम हो कि ? यो बिषयमा त्यो महाशाखा हेर्ने उत्तरकुमार खत्री हुनुहुन्छ, उतै बुझ्नुहोला, प्रवक्ता पोखरेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७