जम्मू-कश्मीरको श्रीनगरमा विद्रोही समूहको आक्रमण


२८ मंसिर २०७८, मंगलवार
kashmir pMsu7eh2lK

काठमाडौं, २९ मंसिर । जम्मू-कश्मीरको श्रीनगरमा विद्रोही समूहको आक्रमण भएको छ । आक्रमणमा दुई जना सुरक्षाकर्मीको ज्यान गएको छ । १२ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीनगरको जेवानमा रहेको पुलिस क्याम्प नजिकै विद्रोही समूहले सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाएका हुन् । आक्रमणमा एक असई र एक हवल्दारको ज्यान गएको खबरमा उल्लेख छ । घाइते प्रहरी जवानको सेनाको अस्पतालमा उपचार भइरहेको कश्मीर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७