आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्छु : सभामुख


२८ मंसिर २०७८, मंगलवार
agniprasad sapkota 1536x864 1

काठमाडौं, २९ मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन् ।
मंगलवार १५ औं सङ्घीय संसद् सेवा दिवसको अवसरमा सङ्घीय संसद् सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले आफूले संसद्को प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसका निम्ति साथ दिन कर्मचारीलाई आग्रह पनि गरे । आफूसँग काम गर्ने स्प्रिट भन्दै सभामुख सापकोटाले कर्मचारीसँग रहेको विज्ञतालाई संयोजन गरेर काम गर्न सके संसद्प्रति जनतालाई आशावादी बनाउन सकिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७