भूकम्पपछि ‘रेड स्टिकर’ लगाइएका त्रिविका ३३ क्याम्पसमा जोखिम मोल्दै पढाइ

काठमाडौं । ०७२ वैशाखको भूकम्पमा चर्किएर ‘रेड स्टिकर’ लगाइएका त्रिभिुवन विश्व विद्यालयका ३३ आंगिक क्याम्पसमा ६ वर्षसम्म पुनर्निर्माण नहुँदा जोखिमपूणर् अवस्थामै पढाइ हुने गरेको छ ।
नयाँ भवन नबनेपछि रेड स्टिकर हटाएर चर्किएका भवनमै कक्षा सञ्चालन गरिएको हो । सरकारले त्रिविका ३३ आंगिक क्यमम्पस, त्रिवि स्मृति भवन, होस्टललगायत गरी ३८ कार्यालय र दोलखाको जिरी प्राविधिक शिक्षालय भारतको एक्जिम बैंकको ऋण सहयोगमा पुनर्निर्माणको सूचीमा रहेका २३ कार्यालयमध्ये त्रिवि प्रेस र थापाथली क्याम्पसको स्वीकृति आएको छैन ।
ऋण सहयोग भारतको हुने र परामर्शदाता नेपालको स्वीकृति आएको छैन । ऋण सहयोग भारतको हुने र परामर्शदाता नेपालको रहने सम्झौतामा उल्लेख छ । तर, भारतको बेवस्ता र झन्झटिला सर्तका कारण पुनर्निर्माण हुन सकेको छैन । पुनर्निमाणमा अनय देश तथा निकायले समेत चासो दिए पनि भारतसँग सम्झौता भइसकेकाले समस्या भएको छ । नयाँ पत्रिका दैनिकबाट