श्रीमतीले चिर्पटले हान्दा श्रीमानको गयो ज्यान


८ पुष २०७८, बिहीबार
death
सांकेतिक तस्वीर

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेकबहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट मृत्यु भएको छ ।
आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्कमाया बिकले बिहीबार राति दाउराको चिर्पटले टाउकोमा हिर्काइ गम्भीर घाइते भएका टेकबहादुरको उपचारको लागि आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको थियो ।

उनको शव धनगढीमाई नगरपालिका-१३ भुल्लेस्थित टेकबहादुरकै भाइ बुद्धबहादुर विकको घरमा राखिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७