मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा


९ पुष २०७८, शुक्रबार
Mega Bank Logo 1 1 scaled

काठमाडौं, ९ पुस । मेगा बैंक नेपालले ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकि सेवाको सुरुवात गरेको छ।

बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेवको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ।

बैंकले डिजिटल बैंकिङ सेवालाई अझ सरल बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गरेको छ। साथै बिना चेक नगद निकाल्न÷पठाउन मोवाइल क्यास, रकम जम्मा गर्न मोवाइल भौचर लगायतका सुबिधा थप गरेको छ।

बैंकले समानरुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको पनि स्तरोन्नति गरेको छ।

एम भौचरको प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, एमक्यासको माध्यमबाट प्रयोगकर्ताहरुले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन तथा लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सकिन्छ।

साथै क्युआर कोडको माध्यमबाट नगद निकाल्न सकिने तथा अन्य धेरै नयाँ विशेषताहरु रहेको बैंकका डिजिटल तथा इ–बैंकिङ प्रमुख विश्व सिंहले जानकारदिए।

मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको स्तरोन्नति भएसँगै बैंकका ग्राहकहरुले बैंकका सेवाहरु सम्बन्धी जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दति खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्यूआर कोडमार्फत् भुक्तानी गर्न, अनलाईन रकम भुक्तानीसहित डिजिटल बैंकिङसम्बन्धी समस्या परेमा उजुरी दिन सक्ने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ एप र वेबको माध्यमबाट उठाउन सक्नेछन्।

त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले आफै रजिष्टर गरी अनलाइनबाट नै खाता खोल्न पाउँछन्। बैंकले प्रदान गरिरहेका डिजिटल सेवाहरुको प्रयोग गर्न र जानकारी पनि पाउन सक्ने बैंकले बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७