वाद होइन राष्ट्रियता बलियो बनाउनेतिर लागौं : कुन्ती शाही


११ पुष २०७८, आईतवार
kunti shahi 4aRZaGagIt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी महामन्त्री कुन्ती शाहीले माओवादीको महाधिवेशनमा देशको स्वाधीनताको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् ।

महाधिवेशनमा आज आइतवार शुभकामना दिन पुगेकी महामन्त्री शाहीले अहिले पनि लाखौं युवा विदेशमा दुःख गर्न बाध्य रहेको, देशमा अस्थिरताको कालो बादल मडारिएको, देशको स्वाधीनता खतरामा परेको अवस्थामा माओवादीको महाधिवेशनले एउटा नयाँ निष्कर्ष निकाल्नुपर्ने बताइन् ।

राप्रपा र माओवादीबीच विचार र वादमा फरक भए पनि स्वाधीनता र देशको रक्षा गर्ने सवालमा एकै ठाउँमा उभिनुपर्ने राप्रपाकी महामन्त्री शाहीले बताइन् । उनले भनिन्, ‘हामी वादतिर होइन राष्ट्रियता बलियो बनाउनतिर लागौं ।’

उनले आम नेपालीले स्वावलम्बन अर्थतन्त्र भएको मुलुक हेर्न चाहेको धारणा राखिन् । उनले भनिन्, ‘समृद्ध नेपाल बलियो देश बनाउन आवश्यक छ। स्वावलम्बन अर्थतन्त्र भएको मुलुक हेर्न चाहन्छन् आम नेपाली । नेपाली जनताको चाहनाहरुलाई छलफल गरेर सार्थक निष्कर्षमा पुग्नुस भन्ने शुभकामना दिन चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७