पूर्व माओवादी पुनः एक हुने आधार तयार गरौं : सीपी गजुरेल

एकताका लागि राखे यी तीन शर्त


११ पुष २०७८, आईतवार
cp gajurel 1

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले पुराना माओवादीहरू एक हुनुपर्ने बताएका छन् । उनले माओवादीहरू एक हुने भए केही आधारहरू तयार पार्नुपर्ने बताएका छन् । त्यो नेकपा (माओवादी केन्द्र) को महाधिवेशनबाट पारित हुनुपर्ने उनको भनाइ छ ।

आइतबार काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठानमा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले जनयुद्ध शुरु गर्नुपूर्व गरिएको प्रतिबद्धता पुनः स्मरण गर्नुपर्ने माग गरे । यस्तै, जनयुद्धको लक्ष्य अपुरो भएको भन्दै नेपाललाई जनगणतन्त्र बनाउन अघि बढ्ने कार्यक्रम महाधिवेशनले पारित गर्नुपर्नेमा उनले जोड दिए ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने र भारतसँग गुमाएका भू-भागहरू नक्सामा हासिल गरिएको भन्दै वास्तविक हासिल गर्न प्रतिबद्धता जाहेर हुनुपर्ने माग पनि गरे । ‘यो भयो भने पार्टी एकता हुने ढोका खुल्छ, महाधिवेशनले ढोका खोलोस्’, उनले भने ।

माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा गजुरेलले पर्व माओवादीबीच एकता आवश्यक रहेको भन्दै त्यसका लागि शर्त अगाडि सारेका हुन्। गजुरेलले पहिलो शर्तका रुपमा जनयुद्ध सुरु गर्नु अगाडिको केन्द्रीय समितिमा गरेको प्रतिवद्धतालाई पुनर्स्थापित गर्नुपर्ने बताए।

दोश्रो, जुन लक्ष्य राखेर जनयुद्ध थालिएको थियो, त्यो लक्ष्य अधुरो र अपुरो रहेको उनले बताए। त्यो लक्ष्य अनुसार नेपाललाई जनगणतन्त्र बनाउन तुरुन्त अगाडि बढ्ने गरी यो महाधिवेशनले कार्यक्रम पारित गर्नुपर्ने शर्त पनि गजुरेलले राखेका छन्। गजुरेलको तेश्रो शर्त हो, राष्ट्रिय स्वाधिनताका लागि केही महत्वपूणर् निणर्य माओवादीले लिन सकोस्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७