गागलफेदीमा महिला अब फेला, हत्याको आशंका


१२ पुष २०७८, सोमबार

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- १ गागलफेदीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । गागलफेदीकी ३३ वर्षीया धनमाया लामा मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले शव पोष्टमार्टमको लागि अस्पताल लगिएको जानकारी दिएका छन् । उनका अनुसार मृत्युको कारण खुलेको छैन । महिलालाई मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । महिलाको हत्या भएको हुनसक्ने प्रहरीको आंशका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७