अब कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक पुबुदु दसानायके


१५ पुष २०७८, बिहीबार
pubudu 1

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले गरेको कप्तान परिवर्तनको निणर्यलाई आफूले चुनौती दिन नसक्ने स्पष्ट परेका छन् । बिहीबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले सेन्ट्रल कन्ट्रयाक्टको विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने पनि बताए ।

‘कप्तान परिवर्तनको निणर्य क्यान बोर्ड बैठकले गरेको हो । बोर्ड बैठकले गरेको निणर्यलाई म च्यालेन्ज गर्न सक्दिँन, अब फेरि कप्तान परिवर्तन हुँदैन’, उनले भने । उनले थपे, ‘खेलाडीसँग लामो कुराकानी भइसकेको छ । खेलाडीको मुख्य गुनासो सेन्ट्रल कन्ट्रयाक्टलाई लिएर हो । त्यसैले त्यो समाधान भयो भने सबै बाँकी समस्या समाधान हुन्छन् ।’ आफूले खेलाडीसँग कुराकानी गरिसकेको समेत बताए ।

एक जनाका लागि राष्ट्रिय टोलीले पर्खेर बस्न नसक्ने भन्दै उनले अगाडि बढ्नु पर्ने स्पष्ट पारे । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई बर्खास्त गरेर सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ । साथै ज्ञानेन्द्र, दीपेन्द्रसिंह, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निणर्य गरेको छ । बन्द प्रशिक्षण शनिबारबाट हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७