नयाँ नेतृत्व टुङ्गो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


१८ पुष २०७८, आईतवार
mao 3

काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसकेको हो । बन्द सत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ । बन्द सत्र शुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो । माओवादीको महाधिवेशन शुरु भएको ८ दिन भइसक्दा पनि नेतृत्व चयनमा सकस भएको छ । अध्यक्ष बाहेक पदाधिकारी र केन्द्रीय कमिटी चयनमा समस्या देखिएको छ ।

केन्द्रीय कमिटी र पदाधिकारी चयनका लागि प्रचण्डले आज पार्टी शीर्ष नेताहरूसँग छुट्टै छलफल समेत गरेका छन् । आगामी कार्यकालका लागि पार्टीको केन्द्रीय सदस्यको नाम टुंगो लगाउन बैठक बसेको हो । आज दिउँसो १ बजे पदाधिकारीसहित केन्द्रीय समिति घोषणा गर्ने तयारी छ ।

८ प्रदेशबाट प्राप्त नामावली अनुमोदन गर्नेगरी केन्द्रीय सदस्यको नाम टुंगो लगाउने प्रयास भइरहेको छ । माओवादी केन्द्रको आठौं महाधिवेशन जारी कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमै स्थायी समिति बैठक बसेको हो । सर्वोच्च अदालतले नेकपा भंग गर्दै पार्टी पुनःस्थापना भएयता माओवादी केन्द्रको स्थायी कमिटीमा १५ सदस्य छन् । माओवादी केन्द्रको विधानअनुसार अबको केन्द्रीय समितिमा १५ जना पदाधिकारीसहित २९९ सदस्य रहने छन् ।

जारी स्थायी समितिको बैठक सकिएलगत्तै शुरु हुने बन्द सत्रमा पदाधिकारीसहित केन्द्रीय समितिमा रहनेहरूको सूची घोषणा गर्ने तयारी छ । सहमति भए ध्वनि मतका साथ पास गर्ने नभए चुनाव शुरु गर्ने तयारी छ । नेतृत्व चयन गर्न हुने निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसमा दिउँसो २ बजे उम्मेदवारी दर्ता शुरु गर्ने उल्लेख छ ।

m

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७