म मन्त्री हुनुपूर्व नै नारायणहिटीमा कफी हाउस बनिसकेको थियो : योगेश भट्टराई


२० पुष २०७८, मंगलवार
yogesh bhattrai
फाइल फोटो

काठमाडौं । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री एंव नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस सञ्चालन अनुमतिबारे आफ्नो पालामा कुनै निर्णय नभएको बताएका छन् । आफू पर्यन मन्त्री हुनुपूर्व नै नारायणहिटीमा कफी हाउस बनिसकेको उनको भनाई छ ।

मगलबार साँझ सामाजिक सञ्जालमार्फत भट्टराईले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण गर्न दिनेबारे भएका कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको र त्यसबारे जानकारी पनि नभएको बताएका हुन् ।

उक्त निर्णय भट्टराई पालामा भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि भट्टराईले त्यसको खण्डन गरेका हुन् । भनेका छन्,‘नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सविनय अनुरोध गर्दछु ।’

उनले आफ्नो संग्लनताको निर्णय कपी वा लिखित निर्देशन पत्र सार्वजनिक गर्न पनि चुनौती दिएका छन् । ‘बिनाकसुर कसैको सार्वजनिक छविमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछुु, उनले भनेका छन्, ‘मेरो संलग्नता रहेको भए सत्यतथ्य र मेरो हस्ताक्षरसहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएका छन् । मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई निर्माण कार्य रोक्न भनी पत्र पठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७