चुनावसम्म गठबन्धन रहन्छ तर, कांग्रेसले एक्लै लड्नु पर्छ : गगन थापा

‘सभापतिले ४० प्रतिशत शक्तिलाई पाखा लगाए पार्टी चल्दैन’


२१ पुष २०७८, बुधबार
GaganThapa 1

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउने चुनावमा कांग्रेस एक्लैले बहुमत ल्याउनु पर्ने बताएका छन् । उनले यसका लागि सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गर्न नहुने बताएका छन् । बुधबार होटल बसेरामा नेता शेखर कोइराला पक्षको भेलामा सहभागी महामन्त्री थापाले चुनावसम्म गठबन्धन भने कायमै रहने बताए ।

‘चुनावसम्म सरकारको गठबन्धन रहन्छ तर चुनाव कांग्रेस एक्लै लड्छ’ उनले भने, ‘पार्टीले त्यो वातावरण बनाओस् ।’ महामन्त्री थापाले कांग्रेसभित्र टिममा अवसर दिँदा सही व्यक्ति सही ठाउँमा दिन आग्रह गरे । डा. शेखर कोइराला पक्षीय नेताहरुको भेलामा महामन्त्री थापाले आउने चुनावमा कांग्रेसले वडादेखि केन्द्रसम्म एक्लै चुनाव लडेर बहुमत ल्याउनु पर्छ भन्ने आफ्नो समूहको धारणा रहेको समेत बताए ।

उनले भने, ‘सभापति ज्यूको इच्छा आउने चुनावमा पार्टीलाई पहिलो बनाउने होला । पार्टीभित्रको ४० प्रतिशत जनमतलाई पाखा राखेर उहाँको उद्देश्य कसरी पुरा हुन्छ ? राष्ट्रियसभाको निर्वाचनसँगै गठबन्धन बनाएर चुनाव लड्ने कामको अन्त्य हुनुपर्छ । हामी वडादेखि केन्द्रदेखि एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा छौँ । यो हाम्रो विचार समूहको बटमलाईन हो ।

उनले भने, ‘हाम्रो मुख्य शक्ति समिति बाहिर छ । जिल्ला, पालिका र क्षेत्रमा हाम्रो समूहको शक्ति छ । ४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गरेर पार्टी चल्न सक्दैन । उनले सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने तर बेवास्ता गरिए सैह्य नहुने बताए । महामन्त्री थापाले विधि र विवेकको परीक्षामा समेत सभापति शेरबहादुर देउवा कमजोर देखिएको बताएका छन् । छोटो समयको अवधिका महत्वपूर्ण निणर्य हेर्दा सभापति देउवाको विधि र विवेकको परीक्षामा कमजोर उनले देखिएको बताए ।

उनले बामगतीमा सरकार विस्तार, बाँकी रहेका १६ जिल्लाको अधिवेशन लगायतका महत्वपूणर् निणर्यमा देउवाले विवके नपुर्‍याएको आरोप लगाए । उनले भने, ‘वागमती प्रदेश सरकार विस्तारमा पनि एकपक्षीय भयो । मन्त्री कसरी छानियो ? यो विषयमा पनि पार्टीमा छलफल भएन । १६ जिल्लाको अधिवेशन सरेको कुरा मिडियाको समाचार पढेर थाहा पायौं । महत्वपूर्ण निणर्यहरुमा हामीलाई इग्नोर गर्न खोजिएकाले यो समीक्षा बैठक राख्न जरुरी भयो । यहाँ सभापतिको मात्रै होइन हाम्रो पनि समीक्षा गरौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७