नरेन्द्र मोदी फ्लाइओभरमा २० मिनेट फसेपछि…


२२ पुष २०७८, बिहीबार
modi s convoy stuck on flyover1641433935

नयाँदिल्ली । भारतको पञ्जावको एउटा फ्लाइओभरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेट फसेका छन् । यसलाई गम्भिर सुरक्षा त्रुटीको रुपमा हेरिएको भारतको गृह मन्त्रालयले जनाएको छ ।

उत्तरी राज्यको एउटा स्मारकतर्फ जानेक्रममा उनको मार्गमा प्रदर्शनरत कृषकहरुले अवरोध सिर्जना गरेका थिए । उनीहरु सहायक गृहमन्त्री अजय मिश्राको राजीनामाको माग गर्दै सडकमा ओर्लिएका थिए ।

मिश्राका छोरामाथि केही कृषकको हत्या गरेको आरोप लगाइएको छ । बुधवार नै मोदीको फिरोजपुर सहरमा एउटा र्‍यालीलाई सम्वोधन गर्ने कार्यक्रम पनि थियो । सुरक्षा अवस्था अव्यवस्थित भएपछि तत्कालै मोदी चढेको गाडी विमानस्थल फर्किएको थियो । गत अक्टोवरमा मिश्राका छोराले गराएको कार दुर्घटनामा आठ व्यक्तिको ज्यान गएको थियो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७