हुम्लाको एक घरमा आगलागी, सात लाख बराबरको क्षति


२२ पुष २०७८, बिहीबार
agalagi fireing आगालागी 234545

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ प्युसस्थित एक घरमा आगलागी हुँदा सात लाख बराबरको धनमाल क्षति भएको छ । प्युस गाउँका सुरज शाहीको घरमा मङ्गलबार राति चुलोमा बालिएको आगा सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट शाहीको घरमा रहेका सम्पूणर् सामग्रीका साथै गोठमा रहेका पशु तथा कुखुरासमेत जलेर नष्ट भएको पीडित शाहीकी श्रीमती धनुको गुनासो थियोे । सम्पूणर् सामग्री जलेर नष्ट हुँदा करिब रु सात लाख बराबरको धनमाल क्षति भएको मुचुल्का प्रहरीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७