प्रचण्ड-माधवप्रति ओलीको कटाक्ष : कमजोरहरुले नै हो चुनावसम्मै गठबन्धन भन्ने


२३ पुष २०७८, शुक्रबार
kpolinew123 4IF0qTfKdZ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कमजोर ठान्नेहरू गठबन्धन बनाएर हिंडिरहेको आरोप लगाएका छन् ।

देशका ६३ जिल्लामा शुक्रबार शुरु भएको एमाले जिल्ला अधिवेशनको केन्द्रीय कार्यालय थापाथली हाइटबाट सम्बोधन गर्दै उनले यसो भनेका हुन् । उनले सम्बोधनका क्रममा देशको कम्युनिष्ट आन्दोलन फुटाएर माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको गफ हान्न हिंडेको पनि बताएका छन् ।

‘कुनै पार्टीको महाधिवेशन हामीले देखेका छौं । दुईतिहाइ बहुमत टुक्राउने, अनेक तमासा गरेर सरकार गिराउने काम भएको छ’, माओवादीतिर लक्षित गर्दै उनले भने, ‘विपक्षीसँग मिलेर, विरोधी दर्शन सिद्धान्त र विरोधी उद्देश्य शक्तिसँग मिलेर हिँड्ने अनि विकासको बाटोमा अगाडि बढेको सरकार ढालेर समाजवादको कुरा गरिरहेका छन् ।’

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई पाँच दिशामा फर्किएको स्वार्थीहरुको समूहको संज्ञा समेत दिए । ‘पाँच दिशातिर फर्किएको गन्तव्य नभएको स्वार्थ समूहहरूको गठबन्धनको सरकार बनाउने काम भएको छ । तिनैले समाजवाद निर्माणको गफ दिँदै गरेका छन् । हिंड्ने एकातिर भन्ने अर्कै होइन हाम्रो नीति’, उनले भने ।

उनले माओवादी र एकीकृत समाजवादीतिर संकेत गर्दै आफूलाई कमजोर देख्नेहरू गठबन्धनको सहारामा हिंडिरहेको पनि दोहोर्‍याए ।
‘जो जति कमजोर छ, त्यसलाई गठबन्धन चाहिएको छ । एमाले एक्लै चुनौती सामना गर्न सक्छ । एमालेलाई जनताबाट कसैले अलग गर्न सक्दैन’, उनले भने, ’अहिले आर्थिक क्षेत्रमा ६ महिना खेर गयो । अझै यस्तो समय खेर जान्छ ।’

अहिलेको सरकार बस्नेहरुलाई त्यहाँ जानै नसुहाउने बताए । ‘अहिलेको गठबन्धन सरकारमा बस्न सुहाउने नै होइन । संसदले सरकार परिवर्तन भएकै थाहा पाएन’, उनले भने, ‘संसदले प्रधानमन्त्री हटाइएको र अर्को प्रधानमन्त्री नियुक्त गरेको पनि थाहा पाएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७