महालक्ष्मी विकास बैंकद्वारा वृक्षारोपण


११ माघ २०७८, मंगलवार
Tinchuli Branch

काठमाडौं, ११ माघ । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको तिनचुली–आरुबारी सडकखण्डमा वृक्षारोपण गरेको छ ।

बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत वृक्षरोपण कार्यक्रम चलाएको हो ।

बैंककोे तिनचुली शाखाले एक विशेष कार्यक्रमबीच स्पोर्टस् स्पेशल क्लवको आयोजनामा काठमाडौं महानगरपालिका वडा नं। ६ तिनचुली ̵ आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

काठमाडौं उपत्यकाको खाली ठाउँहरुमा वृक्षारोपणका साथै बोटबिरुवाको संरक्षण गर्नाले प्राकृतिक सन्तुलन तथा शहरी सुन्दरता पनि बढ्ने बताउदै महालक्ष्मी विकास बैंकले प्रकृति संरक्षणका कार्यहरु गरिरहेकोमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापाले धन्यवाद ज्ञापन गरे ।

सोही कार्यक्रममा बोल्दै तिनचुली शाखाका शाखा प्रबन्धक शेखर श्रेष्ठले वृक्षारोपण कार्यक्रम सफल पार्न स्थानिय निकायले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा संचालन गर्ने कुराको जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७