प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई संसदमै भने, ‘तर उनी….’


२८ आश्विन २०७४, शनिबार

काठमाडौं : व्यवस्थापिका–संसद्को आजको अन्तिम बैठकमा प्रधानमन्त्री एवं नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमि भनेर संसदमै सम्बोधन गरेका छन् । राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई तिमि भनेर सम्बोधन गरेका हुन् । सम्बोधन क्रममा देउवाले भने, ‘तर, उनी उचालिदैं उचालिइनन् ।’ तर, त्यसपछि भने देउवाल तपाईँ नै भनेर सम्बोधन गरेका थिए ।

sherbahadurdeuba nepali congress

देउवाले राष्ट्रपति तत्कालीन राजाजस्तो नउचालिएर संवैधानिक भूमिका निर्वाह गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । प्रधानमन्त्रीले सिफारिस गरेका मन्त्रीलाई सपथ ग्रहण नगराउन भन्दै राष्ट्रपतिलाई कसैले उचालेको संकेत गर्दै प्रधानमन्त्री देउवाले भने, तर, उनी उचालिदैं उचालिइनन् ।’

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक र प्रजातन्त्रको खिलाफमा कसैसँग सम्झौता नगर्ने पनि स्पष्ट पारे । उनले भने, “सबैभन्दा पहिले हामी राष्ट्रवादी हौं । २ नम्बर प्रदेशको चुनाव हुनुअघि पनि सरकार थपघट भएको थियो त्यसबेला केही नबोल्ने र अहिले किन बोल्नुपर्यो ?

सुन्नुहोस्

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७