शरीरमा ८५ वटा चम्चा टाँसेर विश्व कीर्तिमान


१९ माघ २०७८, बुधबार
Chamcha1643736309

तेहरान । इरानका एकजना पुरुषले आफ्नो शरीरका विभिन्न स्थानमा ८५ वटा चम्चालाई सन्तुलनमा राखेर अस्वाभाविक ढंगले गिनिज वर्ल्ड रेकर्ड तोडेका छन् ।

सो कीर्तिमान तोडेका ५० वर्षीय एवोलफाजल सावेर मोख्तारीले गिनिज वर्ल्ड रेकर्डलाई भनेका छन्, ‘बाल्यकालदेखि नै मैले यसरी आफ्नो शरीरमा सन्तुलित तरिकाले चम्चा अड्काउने अभ्यास गर्दै आएको हुँ । सानै छँदै मैले आफूमा यस्तो काम गर्ने प्रतिभा रहेको आभास पाएको थिएँ । वर्षौंको अभ्यासले मेरो यो प्रतिभा अझै निखारियो ।’

मोख्तारीले यसअघि स्पेनका मार्कोस रुइज सेवाल्लोसले राखेको ६४ वटा चम्चाको कीर्तिमान तोडेका हुन् । उनले भनेका छन्, ‘मैले कुनै पनि वस्तु जस्तै प्लास्टिक, गिलास, फलफूल, ढुंगा काठ र मान्छेसमेतलाई यसरी शरीरमा टाँसेर राख्न सक्छु । यसको खास रहस्य भनेको मेरो एकाग्रता हो । म ती वस्तुहरूलाई मेरो शरीरमा टाँसिराख्न ध्यान केन्द्रित गरी आफ्नो ऊर्जा र शक्ति ती वस्तुमा प्रसार गर्दछु ।’ यूपीआईबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७