चीनको बेइजिङमा आजबाट २४ औं शीतकालीन ओलम्पिक शुरु हुँदै


२१ माघ २०७८, शुक्रबार
Beijing Olympic Winter Games

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आज (शुक्रबार) बाट चीनको बेइजिङमा शुरु हुँदैछ ।
प्रतियोगिताका केही खेलहरु बुधबारबाट शुरु भईसके पनि औपचारिक उद्घाटन भने आज हुनेछ ।

विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १०९ स्वर्ण पदकको लागि भिडन्त हुनेछ । यो ओलम्पिकलाई अमेरिकालगायत केही पश्चिमा देशहरुले कुटनीतिक बहिष्कार गरेका छन् ।

चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको भन्दै ती मुलुकहरुले चीनमाथि दबाब बढाउन ओलम्पिकमा कुटनीतिक बहिष्कार गरेका हुन् । कुटनीतिक रुपमा बहिष्कार गरेपनि ती देशले खेलाडी भने पठाएका छन् । आजबाट शुरु हुने विन्टर ओलम्पिक फेब्रुअरी २० सम्म चल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७