नेपाल-कोरिया हवाई उडान सञ्चालन गर्न माग


२५ माघ २०७८, मंगलवार
nepal korea QvlHbj3O9S

काठमाडौं । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल-कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल-कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरे । उनले भने, ‘नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्र्याउनका लागि नेपाल-कोरिया सिधा हवाई उडान हुन आवश्यक छ, सरकारको तर्फबाट पहल होस् ।’

निर्देशक ह्वाङ्क्युले राखेको प्रस्तावमा मन्त्री आलेले नेपाल-कोरिया सिधा हवाई उडानका लागि आवश्यक छलफल गरिने बताए । उनले भने, ‘तपाईहरूले राख्नु भएको प्रस्ताव राम्रो छ, हामी छलफल गरी खबर गर्छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७