जर्मनी पठाउँछु भन्दै अढाइ करोड ठगेको आरोपमा क्रिस्टिना पक्राउ


२६ माघ २०७८, बुधबार
Untitled 1 Recovered 2yLwMeZFIV

काठमाडौं । जर्मनी पठाउँछु भनेर ठगेको आरोपमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ उर्फ ‘क्रिस्टिना’ लाई पक्राउ गरेको छ ।

धेरै रकम ठगेको उजुरीको आधारमा उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । कुटनीतिक नियोगका मानिसहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले आफूलाई युएनको कर्मचारी डा. क्रिस्टिना भनेर चिनाउँथिन् । उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत वितरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उनले एक जनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ । गुरुङले ३२ जनाबाट ४ देखि १५ लाखसम्मको दरले थप करिब साढे २ करोड ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्वयम्भूका डिएसपी मिलन केसीले बताए । ३२ जना युवासँग उनले ‘समूहमा आउनु, जर्मनी पठाउँछु’ भनेर असुलेकी थिइन् । गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले यसअघि पनि पक्रेर ठगी मुद्दा चलाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७