महाअभियोगबारे पार्टीमा छलफल भएको छैन : अर्जुन नरसिंह केसी


१ फाल्गुन २०७८, आईतवार
Arjun narsing KC
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता गर्नेबारे पार्टीमा छलफल नभएको बताएका छन् ।

आइतबार कांग्रेस कार्यसम्पादन समितिको बैठकमा सहभागी नेता केसीले सञ्चारकर्मीसँग यो विषयमा अहिलेसम्म छलफल नभएको स्पष्ट पारेका हुन् । उनले भने, ‘पार्टीको बैठक चलिरहेको छ । यो विषय नै यहाँ प्रवेश भएको छैन । त्यस किसिमको छलफल वा प्रस्ताव पनि केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिमा प्रवेश गरेको छैन ।’

केसीले अविश्वासको प्रस्ताव दर्ता भएको कुरा सञ्चारमाध्यमबाट थाह पाएको र औपचारिक रुपमा कुनै जानकारी नभएको बताए । उनले महिनौंदेखि सर्वोच्च अदालतमा भइरहेको अवरोधको सरकारले कुनै न कुनै विकल्प निकाल्न आवश्यक भएकोले सरकारले सो कदम चालेको हुनसक्ने बताए । आइतबार कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाअभियोग दर्ता गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७