कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा


३ फाल्गुन २०७८, मंगलवार
congress samsadiya dal

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (मंगलबार) बस्दै छ । बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने छ । बैठकमा विशेष गरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसदमा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निणर्य गर्ने बुझिएको छ । यस्तै सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७