नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक शुरु


३ फाल्गुन २०७८, मंगलवार
Congress parliament

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको छ ।

त्यस्तै अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदमा टेबुल गर्नेबारे पनि यो बैठकमा कुरा हुने जनाइएको छ । सत्तारुढ गठबन्दका दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव पेश गरेका थिए ।

त्यसैगरी सोमबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि नेताहरु एमसीसी अघि बढाउने दिशामा सहमति नजिक पुगेका थिए । प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । संसदमा पेश भएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि सोमबार संसदीय दल बैठक गरेको थियो ।

एमालेले महाअभियोगको प्रतिवाद गर्ने बताए पनि ठोस निणर्य भने गरेको छैन । एमालेले त्यसको निणर्य गर्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७